समाचार

कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई विदेशी पर्वतारोहीको मृत्यु

जेठ २, २०७६
काठमाडौं ÷ कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको ज्यान गएको छ। आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एकजना सम्पर्कविहीन भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए ।
ताप्लेजुङ जिल्लाको नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव ल्याउने प्रयास भइरहेको छ।
दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं ल्याइने थापाले जानकारी दिए।

Show More

Related Articles

Back to top button