breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस सांसदद्धारा कश्मिर विवादबारे सरकारको धारणा माग

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसले भारतको कश्मिर विवादबारे धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरुले नेपाल–भारत संयुक्त आयोगको बैठकमा पनि सरकारले प्रभावकारीरुपमा नेपालको हितअनुकूल कुरा राख्न नसकेको आरोप लगाए ।
भारतलाई किनारा लगाएर उत्तरतर्फमात्र सम्बन्ध बनाउने काममा सरकार लागेको भन्दै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले ‘नेपालले १९५० को सन्धि पुनरावलोकन प्रस्ताव किन राख्न नसकेको भन्ने प्रश्न गरेका हुन ।
बैठकमा सत्तारुढ दलका सांसदहरुले भने बाढी–पहिरो क्षेत्रमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकले वन तथा वातावरण संरक्षणसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सक्दै संशोधन दर्ताका लागि समय उपलब्ध गराएको छ ।

nema
Show More

Related Articles

Back to top button