समाचार

उपराष्ट्रपति पुन अष्ट्रिय प्रस्थान

काठमाडौं÷ उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया प्रस्थान गरेका छन्। जेठ १४ मा अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन उपराष्ट्रपति पुन आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपनेता सभामुख सुवास नेम्बाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए। त्यस अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो। उनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धि अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी अष्ट्रिया भ्रमणको क्रममा जेठ १५ मा अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन्। उनी आगामी जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

nema
Show More

Related Articles

Back to top button