समाचार

वी.पी विचार राष्ट्रिय समाजको प्राज्ञ विभागले गरयो यस्तो निर्णय

११ साउन, काठमाडौैँ÷वी.पी विचार राष्ट्रिय समाजको प्राज्ञ विभागको वैठकले विभिन्न निर्णयहरु गरेको छ । शुक्रवार(आज) समाजको केन्द्रिय कार्यालय चण्डोलमा बसेको बैठकले आगामी भाद्र २४ गते वी.पी जयन्तीका दिन विमोचन हुने ‘नेपाली काँगे्रसको सिद्धान्त र दृष्टिकोण ’ नामक  पुस्तकको मस्यौदा लेखन तथा सो को अन्तिम रुप दिने विषयमा छलफल भयो । बैठकले समय समयमा निरन्तर बैठक बसि पुस्तक लेख्नको लागि परामर्श लगायतका कार्यहरु गर्ने वी.पी. विचार राष्ट्रिय समाजले जनाएको छ ।

सोहि बैठकले विविध विषय तथा विधाहरुका सम्बन्धमा जिम्मेवार बाँढफाँड गरि लेखन कार्यलाई आगामी भाद्र महिनाको पहिलो हप्ता भित्र मस्यौदा सम्पन्न गरि संकलन गरि सक्ने निर्णय समेत गरेको छ ।

साथै गत साउन ६ गते विश्वेश्वर प्रसाद कोइरालाको ३६ औैँ स्मृति दिवशको उपलक्ष्यमा विमोचित राष्ट्रिय जीवनमा वी.पी कोइराला भाग २ पुस्तकलाई जनमानसमा पु¥याउन सहयोग पु¥याउने निर्णय समेत भएको समाजले जनाएको छ । पुस्तकको विमोचन नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button