breakingसमाचार

कांग्रेसद्वारा संसद बैठक अबरुद्ध

काठमाडौं÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठक कांग्रेसका सांसदहरुले अवरोध गरेका हुन ।
कांग्रेस बाँके सभापति किरण कोइरालालाई सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको भन्दै संसद अवरोध गरेको हो। केही दिन पहिले कांग्रेसले बाँकेमा बिपी जयन्ती मनाउने क्रममा किरण कोइरालाको कार्यक्रममा झडप भएको थियो। आक्रमणमा सभापति कोइरालाको हात भांच्चिएको थियो । यसलाई लिएर कांग्रेसले आजको संसद बैठकमा मुद्दा बनाएको हो। कांग्रेस सांसदहरूले गृहमन्त्री रामबहादुर थापाको जवाफ मागेका थिए। गृहमन्त्रीले जवाफ दिँदा पनि कांग्रेस सांसदहरूले बैठक अवरोध जारी राखेका हुन्।

nema
Show More

Related Articles

Back to top button