समाचार

भारतका विदेश सचिव गोख्ले नेपाल भ्रमणमा आउँदै

१४ चैत, काठमाडौैँ÷ भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिने औपचारिक भ्रमणका लागी बिहिबार नेपाल आउने भएका छन् । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न गोख्ले नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई सचिवको नेतृत्वमा बिहिबारनै द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button