breakingसमाचारविचारवी पी विचार

४० औँ वी पी जयन्ती

वी पी विचार राष्ट्रिय समाज
श्रावण ६ गते २०७९
४० औँ वी पी जयन्ती


वर्तमान राजनितिक परिवेशमा वी पी विचारको सान्दर्भिकता विषयक विचार गोष्ठी को प्रतिवेदन

उद्घोषक – श्री विनय ध्वज चन्द महासचिव वी पी विचार राष्ट्रिय समाज
सभापतित्व – समाजका संस्थापक सभापति तथा वरिष्ठ नेता श्री कूलबहादुर गुरुङ
विशिष्ठ अतिथि वक्ता – डा तुलसी भट्टराई प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव प्रा कपिल श्रेष्ठ
टिप्णीकार अतिथि ः पुर्व उपकुलपति त्रि वि वि डा तीर्थराज खनिया
ने का नेता – श्री लोकेश ढकाल
– पूर्वमन्त्री दीनवन्धु अर्याल
पूर्वमन्त्री सुरेश मल्ल
वर्तमान राजनीति परिवेशमा वी पी विचारको वर्तमान परिवेशमा वी पी विचारको सान्दर्भिकता विषयक विचार गोष्ठी प्रारम्भ
ड्ड सभापतित्वको आसन ग्रहण – श्री के वी गुरुङ
ड्ड पानसमा वत्ती बाली गोष्ठीको उद्घाटन –सभापति ज्यूद्धारा
ड्ड सभापति लगायत सह –सभापति, महासचिव, प्रमुख अतिथि, विशिष्ठ अतिथिद्धारा वी पी को फोटोमा माल्यार्पण, पुष्पार्पण ।
ड्ड सहिदहरु प्रति सम्मानमा मौन ग्रहण ।
ड्ड सह–सभापति तथा पूर्व मंन्त्री गोविन्दराज जोशीले विचार गोष्ठीको औचित्य र आवश्यकताबारे प्रकाश पार्दै भन्नु भयो –“वी पी विचारको धरातलमा पुगेर छलफल गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । यसको लागि वी पी को साहित्यमा रहनु भएका विद्धानहरुलाई वक्ताको रुपमा राखिएको छ । उहा“हरुबाट वी पी को विचारको अन्तर्य प्रकट हुने अपेक्षा राखेको छु ।”
उहाले समसामयिक राजनिति र नेपाली कांग्रसको कर्मशैली बारे बोल्दै अगाडी भन्नु भयो – “कम्युनिष्ठ संगको साठगाठमा नेपाली कांग्रसले सरकारको नेतृत्व गरेको छ । स्थानीय निर्वाचनमा कम्युनिष्ठहरु सित गठबन्धन भयो । आसन्न संघीय तथा प्रादेशिक चुनावमा पनि तालमेल गर्ने निर्णय गरी सकेको छ । यो वी पी विचार अनुरुप भएको हो वा होइन ? आज छलफलको विषय बनेको छ बहुतै अचम्मको विषय त के छ भने आगामी चुनावमा संयुक्त घोषणा लिएर जन समक्ष प्रस्तुत हुने रे यस्तो स्थितिमा नेपाली काग्रेंसको आनो मौलिक पहिचान कायम नराखी बाटो बिरायो भने आफै विनाश भएर जान्छ भन्ने वी पी को भनाइ प्रति पार्टी भिम किञ्चित संवेदनशीलता देखिएन । वी पी विचारप्रति लगातार बेवास्था रहदा जिम्मेवार तहबाट कुनै प्रतिक्रिया व्यक्त नहुनु दुःखद लज्जास्पद कुरा भएको छ । यस्तो भ्रम र अन्योल चिर्न वी पी विचार राष्ट्रिय समाजले यस्तो छलफल गराउन प्ँरमावस्पक देखेर यो गोष्ठीको आयोजना गरिएको हो । बरिष्ठ विद्धानहरुबाट वी पी विचारको धरातल स्पष्टाउनु हुने अपेक्ष्ाँ राखेका छौ“ ।”
मुलुकको आर्थिक दुरावस्था बारे बोल्दै विशेषज्ञहरु स्वयम् नेपाल राष्ट्र बैंकका गभर्नरबाट सुनिन्छ –नेपाल श्रीलङ्काको बाटोमा छ । यस्तो चुनौतीपूर्ण अभिव्यक्तिहरु आउदा समेत पार्टीबाट कुनै प्रतिक्रिया आउदैन । संसद पार्टी र नेतृत्व मौन रहनु रहस्यमय छ । राष्ट्र नेतृत्वविहिन देखिएको अवस्थामा वी पी विचारको सान्दर्भिकता कसरी राख्ने ? विद्धान वक्ताहरुबाट दिशाबोध हुने अपेक्ष्ँँ राख्दै यस समारोहमा पाल्नुभएका सबै प्रतिनिधि अथितिहरुलाई हार्दिक स्वागत गर्दछु । साथै नेपाली काग्रेंस वी पी विचार सित निरपेक्ष रटेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बाहिर गएर राजनीतिक गतिविधि गर्न नहुने दवाब सृजना गर्न वी पी विचार समाजको स्थापना भएको सह–सभापति जोशीले विचार व्यक्त गर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई प्रमुख अतिथि वक्ताले यसरी आनो धारण राख्नु भयो –वी पी का विचार जीवनत छन् । वी पी सम्पूर्ण समाजको प्रतिनिधि पात्र नेपालमा बस्ने सबै दाजुभाइ दिदी बहिनी हामी सबै यही माटोका उपज हाम्रो प्रतिनिधि पात्र वी पी को मान्यता थियो – “मुलुकको विविधताले हामी बिच भाषिक सास्ंकृतिक अनेकता देखिन्छ । हामीहरु मिल्यौ“ भने हाम्रो पहिचान रहन्छ । हामीले माटोको सुगन्ध बुझेर चिन्तन गर्यौ“ भने हामीबिच एकता र मेलमिलाप हुन्छ हाम्रो मौलिक चरित्र यसैबाट स्थापित हुन्छ । ”
वी पी जेलमा रह“दा वा बाहिर विस्थापित अवस्था रह“दा जहिले पनि नेपाल र नेपालीबारे चिन्तन गर्नु भयो । उहा“को विचार सदा जनता केन्द्रीत रह्यो । वी पी को राजनितिक सुझबुझ दृष्टीकोण शिष्टता र अरुको वी पी कुरा धैर्यताका साथ सुन्ने विशिष्ठ स्वभावबाट राष्ट्रिय अन्तर्राष्ट्रिय नेताहरु समोहित भएका छन् । वी पी गणेशमान बीचको हार्दिकता यसैको उपज थियो । वी पी ले सदैव जीवन पर्यन्त राष्ट्रियताको चुरो समाल्नु भयो । पछाडी परेका थिचिएका – पिचिएका बोल्न नसक्ने अशक्त र असहज मानिसको पिडालाई सम्बोधन गर्नु भयो । त्यसैले पहिलो कार्यसमिती बनाउ“दा दलित वर्ग जनजाती वर्गलाई प्राथमितामा राख्नु भयो । समतामुलक समाज निर्माणको दिशा पहिल्याएर काम गर्नु भयो । उहा“को विचारले जनशक्ति र राष्ट्रशक्ति सदा सर्वोच्च प्राथमिकतामा राख्ने गरेको थियो ।
वी पी बहुआयामिक व्यक्तित्व – राजनीति ,साहित्य, समाजको उत्थान, शिक्षा कृषि र उद्यमशिलतालाई उच्च प्राथमिकता दिनु भयो । नेपाली माटो परिवेश र भविष्य बोकेको वी पी विचार सर्वकालिक छ । वर्तमान अवस्था र कम्युनिष्ट सितको तालमेल बारे २०३० सालको ओखत काण्ड पछि वी.पी र पुष्पलाल बिच भएको भेटघाटमा संयुक्त आन्दोलन बारे छलफल भयो । यसमा वी पी ले पी .एल सित प्रस्ताव राख्नु भयो “ पी .एल तपाईले आर्थिक निती ल्याउनुहोस्, मैले आखा चिम्लेर सही गरिदिन्छु । त्यसैगरी तपाईहरुले मेरो राजनीतिक प्रस्तावमा सहमति दिनुहोस् ।” उहाले प्रस्ताव लिएर जानुभयो , फर्किनु भएन । वी पी विचार राष्ट्रिय समाजको पहलमा आयोजित राष्ट्रिय विचार गोष्ठीले वी पी का विचारहरुको विश्लेषण गर्दा वी पी पुण्यलाल भेटको यो सन्दर्भलाई मौलिक चिन्तनको रुपमा ग्रहण गर्ने छ भन्नेमा म ढुक्क छु ।
प्रमुख वक्ता डा. भट्टराईले अगाडी भन्नु भयो – वी पी विचार नवीनतम चिन्तन हो, क्रान्तीको आधारशिला हो । वी पी को अदालतको वयान अन्य दस्तावेजको सागोपागो अध्ययनले दर्शन निर्माण गरेको छ । अहिले हाम्रो समाजमा वी पी लाई नचिन्नेको संख्या बढिरहेको छ । यो चिन्ताको विषय हो । नेपाली कागे्रंसको मौलिकता बिर्सदै छन् । त्यसैले अरुको बैशाखी खोज्दै छन् । यस्ता पराधिनता, परनिर्भरता वी पी विचार विरुद्ध छ । यस्तो समर्पणवादी चरित्रबाट नेपाली काग्रेंसलाई जोगाएर वी पी को विचारबाट निर्देशित पार्टी बनाउन वैचारिक दृष्टिले वी पी विचार राष्ट्रिय समाज सफल हुने भरोसा राखेको विचारका साथ आनो मन्तव्य टुङ्गाउनु भयो ।
प्राध्यापक कपिल श्रेष्ठ – प्राध्यापक संघका पूर्व अध्यक्ष तथा स्थापित व्यक्तित्व प्रा कपिल श्रेष्ठले विचारको प्रभावबारे मन्तव्य राख्दै भन्नु भयो –“वी पी नहुनु भएको भए म नेपाली कागें्रस बन्ने थिइन, प्रजातन्त्र प्रति आकर्षित हुने थिइन । आना अनुभवहरु विचार निर्माणका क्रममा निर्णायक बनेको सन्दर्भ स्मरण गर्दै भन्नु भयो –गणेशमान र किसुनजी प्रति अनाक्रर्षण होइन तर वी पी ले प्रध्यापकहरुको संघर्षका दौरान सस्तो लोक प्रियताका सस्ता नारा पन्छाएर विद्धवतवर्गको गुणवक्तालाई रोज्नु भएको घटनाले वी पी प्रति आफू हुरुक्क हुन पुगेको विचार राख्नु भयो । मलाई वैचारिक दृष्टिले वी पी मा चुम्बकीय आकर्षण थियो । त्यस्तो समतावान् सक्ष्ँम उत्कृष्ट विचार शक्तिको प्रभाव अरु २०० वर्ष रहने कुरामा ढुक्क छु भन्नु भयो । वी पी को सर्वकालिक विचार नया“ पिढीले अरु गहिरिएर बु√न खोज्ने छन् भन्ने प्राध्यापक कपिल श्रेष्ठको विश्वास थियो ।वी पी को विचार व्यक्तित्व र नेपालको वर्तमान संकटापन्न अवस्थाको चिरफार गर्दै प्रा . श्रेष्ठ अगाडी भन्नु हुन्छ –जब जब नेपाल संकटमा पर्छ वी पी विचार अगाडी आउ“छ, उहा“का विचारको अन्तर्यमा संकट निवारणको गुत्थी छिपेको हुन्छ । त्यसको पूर्ण निष्ठाका साथ विवेचना गर्न सकियो भने संकट निवारणको बाटो सुल्झिन्छ । यस्ता व्याक्तित्व पाउन मुलुकले हजार बर्ष कुर्नुपर्ने हुन्छ । वी पी यस्तो व्यक्तित्व हो, त्यस्तो विचार क्रान्ति हो । वी पी लाई कागें्रसले बिर्सदै गए वामपन्थीहरुले प्रयोग गर्न थाले भन्ने डा. श्रेष्ठको चिन्ता देखियो । विद्धान लेखक अभि सुवेदीको विचारमा –वी पी लाई परम्परागत सोचले बु√न चिन्न सकिदैन’’

प्राध्यापक श्रेष्ठले वी पी विचारको धरातल कोट्याउदै भन्नु भयो –नेपालमा वी पी नजन्मिएको भए, मातृकाबाबुलाई राजनितिक नेतृत्व जिम्मा दिनु भएको भए मातृबाबुलाई राजनितीक नेतृत्व जिम्मा दिनुभएको भए – नेपालको राजनिती कस्तो हुन्थ्यो होला ? राजनितीज्ञहरु चरित्र वी पी को पहिचान गर्न तुलनात्मक रुपले विश्लेषण गर्दा वी पी विचारको पहिचान गर्न सकिन्छ । वीपी बाहेक अन्यबाट सामाजिक न्याय र उदारवादको पहिल्याउन सम्भव थिएन । गणेशमानजी वी पी विश्वासको प्रतिक पात्र हो तर पनि उहाको अभावमा नेपाली कागं्रेसमा गणेशमानजी टिक्न सक्नु भएन । वी पी अतुलनीय व्यक्तित्व हो –माओ नेल्शन मण्डेला को उचाईको नेता हो । २४०० वर्ष अघिको एरिस्टोटल जस्तै वी पी जीवनपर्यन्त जनता र राष्ट्रप्रतिको संवेदनशिलतालाई उच्च प्राथमिकता दिने महापुरुष हुनुहुन्थ्यो । नेपालमा उहा“सित तुलना गर्न मिल्ने कुनै नेता नै छैनन् ।

अध्ययन र साधनाका दृष्टिले पनि वी पी सगरमाथा जतिकै उच्च हुनुहुन्थ्यो । अमेरिकन लाइब्रेरी, ब्रिटिस काउन्सील पुस्तकालय आउने नया“ किताब सर्वप्रथम वी पी ले पढ्नु हुन्थ्यो । नया“ किताब पढ्न लालायित श्रेष्ठले नवीनतम् पुस्तक लाइब्रेरीबाट पढ्न लागेको त वी पी ले पढी सक्नु भएको पेन्सीलले मार्क गरेको किताब पढेको अनुभव सुनाउनु भयो । वी पी नेपाली समाजको पुनर्जागरणका प्रतिविम्ब र दीपक हुनु हुन्थ्यो भन्ने श्रेष्ठको मान्यता रहयो उहा“मा कहिल्यै आडम्बर देखिएन, ढोग र अहंकार देखिएन दोहोरो मापदण्ड देखिएन सदा दृढ, स्पष्ट र दुर दृष्टि वी पी मा देखियो, पाइयो । अहिलेका नेताहरु विहान के बोलिएको थियो भन्ने साँझ हेक्का हुदैँन । वास्तवमा द्य।ए धबक ब नचभबत तभबअजभच बक धभिि बक ब नचभबत भिबमभच
हुनुहुन्थ्यो ।
वी पी को राष्ट्रिय एकता र मेलमिलापको नीति नआएको भए हाम्रो राजनितीक अस्तित्व लोप हुने थियो । उहा“ले राजा महेन्द्र सितको विमति समाजलाई अग्रगति दिन खोज्दा भएको थियो । राजनितीमा सहमति राष्ट्रिय एकता र मेलमिलापको सन्देश दिन सक्ने क्षमता वी पी मा मात्र थियो । वी पी अद्धितिय समतावान नेता हुनुहुन्थ्यो ।
टिप्पणीकार –पूर्व उपकूलपति तीर्थ खनिया – “नेपालको राजनिती वी पी विचारबाट निर्देशित हुदँै आएको छ । उहाको अयmउचभककष्खभ बउउचयबअज के हो भन्ने कुरा बु√न जरुरी छ । वी पी विचार मानिसको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नमा सदैव केन्द्रित रहदै आएका छन् । अहिलेको समस्या – भलम या ष्मभययिनथ हो, उहाँले भन्नु भयो ।
नेपाली कागं्रेस नेता तथा वी पी विचार समाजका केन्द्रीय सदस्य लोकेश ढकालको टिप्पणी यस्तो थियो –मुलुकको सिङ्गो राजनितिक लेखाजोखा नगरी २०४६ सालमा कम्युनिष्टहरु प्रश्रय दिने गरी जनआन्दोलन भयो । कम्युनिष्टहरु स्थापित भए । यसको मुल्याङकन भएन । यसको अन्तरवस्तुमा केन्द्रित रहेर नसोच्ने हो भने वी पी विचारको भविष्य चीनको कोमिंडातांग जस्तै हुन बेर लाग्ने छैन अहिलेको राजनितीमा सिद्धान्त र आदर्श भनेको पदका लागि सहमति सहकार्य र एकता हो । खोई वी पी विचार राष्ट्रिय एकता र मेलमिलाप ? काग्रेंसमा जथाभावी हुदँै छ । वी पी को विचार छोडेको कांगे्रसले राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्यायको वृहतर रथ थाम्न सक्दैन । वी पी को विचार बु√न नसक्ने कांगे्रसले प्रजातन्त्रको नेतृत्व गर्न सक्दैन ।
अर्का टिप्पणीकार लुम्बिनी प्रदेश सभापति तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसालको ठिप्पणी यस्तो रह्यो –
“एक सिक्काका दुई पाटा पञ्चामदवाद र कम्युनिष्ट हरुले वी पी विचार प्रदुषित गर्ने चेष्टा गरेका छन् वी पी का छरिएर रहेका विचारलाई एकमित गर्ने काम वी पी विचार राष्ट्रिय समाजले गर्दै आएको छ ।”

“वी पी विचार भनेको राष्ट्रिय एकता र मेलमिलापको नीति हो । यसमा राजाको स्थान (राष्ट्रिय शक्ति) र कागे्रंसको हैसियत (जनशक्ति) बु√न सक्नु पर्दछ । राजा आनै कारणले, जनभावमा बु√न सक्नु पर्दछ । राजा आनै कारणले, जनभावमा बु√न असफल हु“दा फालिएका हुन् । हामीले सोच्नु पर्ने हुन्छ – अहिले वी पी भएको भए के गर्नु हुन्थ्यो होला ?त्यो समेतको आलंकन गर्न सक्नु पर्ने हुन्छ ।”
उहा“ले अन्तर्राष्ट्रय जगतमा वी पी नेहरु माओको समकक्षी भएको र उहा“हरु सितको प्रगाढ सम्बन्ध संयुक्त राष्ट्रसंघमा वी पी को सम्बोधन स–साना राष्ट्रहरुको सामुहिक शक्ति पहिचान र यसको प्रभाव बारे वी पी को दृष्टीकोण चर्चित रहेको सन्दर्भ र त्यो मान्यताले हासिल गरेको प्रसिद्धि बाट तर्सिएका महेन्द्रले वी पी लाई अपहरण गरेका हुन्, भन्नुभयो । आर्थिक प्रलोभन र लालचबाट टाढा रहने वी पी को विचार व्यक्तित्वको चर्चा गर्दै समाजमा बोल्न नसक्ने, असहाय र कमजोर लाई सबलीकृत गर्ने वी पी विचार हो । अहिले ठीक उल्टो अवस्था रहेको चर्चा गर्दै उहाँले वी पी को राष्ट्रियता प्रतिको प्रतिवद्धता, प्रजातान्त्रिक चरित्र, समाजवादी संस्कृति नै वी पी विचार हो भनेर पूर्व केन्द्रीय सदस्य भुसालले आनो टिप्पणी इतिश्री गर्नु भयो । यस अघि लमजुङ वी पी विचार समाजका सभापति जीतेन्द्र देव कडेँल समाजका केन्द्रीय सदस्य गीता रेग्मी, पूर्व केन्द्रीय सदस्य दीलकुमारी राईले आनो अभिमत राख्नु भएको थियो ।

वी पी विचार समाजको बागमती प्रदेश सभापति खेमराज सेढाइले बढो रोचक ढङ्गले वर्तमान अवस्थाको चिरफार गर्दै भन्नु भयो – वी पी विचारका अनुयायी शेरवहादुर देउवाले नेपालको राजनिती प्रचन्डलाई सुम्पिएको अवस्थाले गठबन्धनको नाउमा सिन्डीक्रेट प्रथा लागु गरेको दोषारोपण गर्नुभयो । अव बहुदल होइन निर्दलको उदय हुन सक्ने र नेपाली काग्रेंसमा द्रव्यवाद हावी हुदैँ जा“दा अदालत सुरक्षा निकाय, कर्मचारी तन्त्र सबै निकम्मा हुने स्थिती सृजना भएको दाबी गर्नु भयो । यो गठबन्धनले राष्ट्रलाई घात गरेको छ । यस्तो अवस्थामा राष्ट्रलाई बचाउने एकमात्र अस्त्र वी पी विचार हो । राष्ट्रिय मेलमिलाप र एकता हो यसको लागि सबै इमान्दारीका साथ लाग्न अत्यावश्यक छ भन्ने निष्कर्ष श्री सेढाइको रह्यो ।

गोष्ठीको समापन गर्दै आनो मन्तव्यमा राष्ट्रिय समाजका सभापति श्री कुलबहादुर गुरुङले भन्नु भयो –“यहा प्रस्तुत परिपक्क खारिएका विचारका लागि समाजको तर्फबाट हार्दिक धन्यवाद ।”वी पी विचार बारे चर्चा गर्दा सर्बप्रथम हामीले सोच्नु पर्ने हुन्छ –हामी क्रान्तीको इमानदार छौँ ?वी.पी र राजा वीरेन्द्र बीच वार्तामा एकपटक चर्काचक्री भएको घटना सुनाउ“दै कुलबहादुर गुरुङले भन्नु भयो – राजाले झोक्कीएर भने छन् “तिमी को सित कुरा गर्दै छौ ?”यसमा वी पी को जवाफ थियो –“सरकारले पनि एउटा जनप्रतिनिधि सित वार्ता गर्दै गरेको कुरा हेक्का राखी बक्सनु पर्याे अहा π वी पी को विचारबाट राजा प्रभावित भएछन् अनि विरबन्धु थापालाई राजाले भनेछन् “आज असली नेतासित कुरा गर्न पा“ए त्यस्तो पो नेता ………………………………….।”

उहा“ले अगाडी भन्नु भयो – “वी पी विचार बिर्सनु भनेको सात सालको जनक्रान्ती, संसदीय चुनाव, वी पी को प्रधानमन्त्रीत्व कालमा भएको ऐतिहासिक प्रगतिशिल काम र त्यो प्रजातन्त्र बिर्सनु हो ।” उहा“ले विचार गोष्ठीको समापन गर्दै भन्नु भयो – “वी पी विचार समाजले प्रजातन्त्र जोगाउन राष्ट्रियताको पहल गर्दै आएको छ ।
त्यसैका लागि वी पी विचारको संगोष्ठी गरिएको हो । यो कसैप्रति लक्षित कार्यक्रम होइन –मुलुकको प्रजातन्त्रीक मुल धार सबल होस्, स्पष्ट दिशाबोध गर्न सकोस् – राष्ट्रशक्ति र जनशक्तिको निर्माण हुन सकोस् यी सबैबिच सुखद सौहाद्र्र पूर्ण मेलमिलाप हुन सकोस, भन्ने अन्तर्य हो ।
वी पी विचार राष्ट्रिय समाजका केन्द्रीय सह –महासचिव तथा पूर्ण मन्त्री रामवहादुर गुरुङले विशेष अतिथी विद्धान वक्ताहरु र उपस्थिती प्रजातन्त्रानुरागी महानुभावहरु प्रति धैर्यता साथ कार्यक्रममा सहभागी भई वी पी विचार सुनी बुझी ग्रहण गरी दिनु हुने अपेक्षाका साथ आभार व्यक्त गर्नु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button