breakingसमाचार

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तिमा १२ पुगेको छ । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ५० बढी घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए । मृतक पाँच जनाको भने सनाखत भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर र सुमित पुर्कुटीको सनाखत भएको हो। अन्यको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।
बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको छ । दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखभ भएकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button