breakingसमाचार

सरकारको नीति तथा कार्यक्रम ः कोरोना मुक्त नेपाल

२ जेठ, काठमाडौैँ
सरकारले आगामी बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिने भएको छ । आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी आर्थिक वर्षमा सरकारले अधिकतम आन्तरिक स्रोतलाई नै परिचालन गर्ने जानकारी दिनुभयो । बजेटले राष्ट्रिय गौरवका आयोजना तोकिएको समय र लागतमा सम्पन्न गर्ने नीति लिने र अन्य आयोजनाको पुनप्राथमीकिकरण गर्ने उहाँको भनाई छ ।
 
आगामी आर्थिक वर्ष साक्षर नेपाल घोषणा गर्ने भण्डारीको भनाई छ । सबै विद्यालय उमेर समूहका विद्यार्थीलाई विद्यालय भर्ना गराउने र कक्षामा टिकाउन जोड दिइने समेत सरकारको नीति हुने बताउनुभयो । विद्यालयस्तरमा विज्ञान विषयलाई रुचिकर बनाउने रणनीति समेत लिइने उहाँको दावी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्यैयाको अस्पताल बनाउने बताउनुभएको छ । सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाउने जानकारी दिनुभयो । उहाँले हरेक अस्पतालको स्तरोन्नती गर्ने नीति सरकारको रहेको पनि बताउनुभयो ।
 
भण्डारीले नेपाललाई कोभिड– १९ मुक्त राष्ट्र बनाउन सबै खालका कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध एकढिक्का हुन आग्रह गर्नुभएका छ । संक्रमण थप फैलन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकाले एक ढिक्का भएर दृढताका साथ लाग्न आह्वान गर्नुभएको हो । विश्व साझा तर अदृश्य दुश्मन कोरोनाभाइरसको विरुद्ध लडिरहेको भन्दै उहाँले मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको बताउनुभयो ।
 

nema
Show More

Related Articles

Back to top button