विश्व

भारतमा फानीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

२२ वैशाख÷ भारतको ओडिशामा चक्रवात अर्थात फानीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत र पुनर्वासको कार्य तिव्र गतिमा भैरहेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । आँधीका कारण करिब एक करोड मानिस प्रभावित छन् । ओडिसाको तटिय क्षेत्रमा पुरीमा शुक्रबार ठोक्किएका फानी आँधी अत्यधिक शक्तिशाली मानिएको छ । पछिल्लो ४३ वर्षमा ओडिशा पुग्ने पहिलो र पछिल्लो १५० वर्षमा आएका तीन शक्तिशाली आँधी मध्ये एक रहेको बताइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button