विश्व

जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको निधन

काठमाडौं ÷ जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
जिम्बाब्वे स्वतन्त्र भएपछिका पहिलो राष्ट्र पति मुगाबेको उपचारका क्रममा सिंगापुरमा निधन भएको हो । उनी गत अप्रिलदेखि सिंगापुरमा स्वास्थ्य समस्यासँग लडिरहेका थिए। मुगाबेको निधनको पुष्टि उनको परिवारले पनि गरेको छ। सन् २०१७ को नोभेम्बरमा सेनाले उनलाई अपदस्थ गरेको थियो। तीन दशक शासन गरेका उनी केही महिनादेखि विरामी परेपछि सिंगापुर गएका थिए। मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेसियामा भएको थियो।
तत्कालीन सरकारको आलोचना गरेको भन्दै मुगाबेलाई सन् १९६४ मा मुद्दा नै दर्ता नगरी सिधै १० वर्षसम्म कारागारमा थुनिएको थियो। जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे देशको पहिलो प्रधानमन्त्री निवार्चित भएका थिए।

nema
Show More

Related Articles

Back to top button