विश्व

भारत प्रशासित काश्मीरको कातरसुर गाउँमा पाँच जनाको गोली हानी हत्या

भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या गरिएको छ । घटनामा अर्का एक जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गएराति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।
मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छ्न । हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने बताइएको छ । आतकंवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएका थिए । घटनामा कोही घाइते नभएपनि आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जम्मु काश्मिरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले काश्मिरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको हुन सक्ने आशंका गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button