विश्व

बैठकमा तीन मिनेट ढिला पुग्दा जापानका मन्त्री साकुर्दाले माफी मागे

काठमाण्डौ – जापानका ओलम्पिक मन्त्री याशीताका साकुर्दाले बैठकमा आफू तीन मिनेट ढिलो पुगेकोमा माफी मागेका छन् । उनी बिहीबारको संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । उनका प्रतिपक्षले यसबारे संसदमा कुरा उठाएपछि उनले माफी मागेका हुन् ।

प्रतिपक्षले उनी जहिले पनि कार्यक्रम स्थलमा समयभन्दा ढिलो आउने प्रवृत्तिले कार्यालयप्रति अनादर गरेको भन्दै पाँच घण्टाको लागि बजेट कमिटीको बैठक बहिस्कार गरेका थिए ।

मन्त्री सार्कुदाको पटक–पटकका आलोचित अभिव्यक्तिले विवादमा तानिदै आएका छन् । गएको हप्ता पनि एक महिला खेलाडीमाथि उनले दिएको अभिव्यक्तिले उनी विवादमा मुछिएका थिए ।

उनले ओलम्पिक गोल्ड मेडलिस्ट खेलाडी ल्युकोमिया रोगबाट ग्रसित भएको भन्दै आफूले उनैबाट आशा गरेको र अब उनले आफूलाई निराश बनाएको बताएका थिए । त्यो अभिव्यक्तिको तिव्र आलोचना भएपछि त्यतिबेला पनि उनी माफी माग्न बाध्य भएका थिए ।

nema
Show More

Related Articles

Back to top button