विश्व

थाइल्याण्डको सडक दुर्घटनामा ३४८ ले ज्यान गुमाए, झण्डै ३ हजार घाइते

थाइल्याण्डमा मनाइने सोंगक्रण पर्वमा भएको सडक दुर्घटनामा अहिलेसम्म कम्तीमा ३४८ जनाको मृत्यु भएको छ । घटनामा ३१७६ घाइते भएका छन् । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशक सुकहुम कंचनाफिमाईले गत बिहीबारदेखि मंगलबारसम्म गरी ६ दिनमा उक्त हताहती भएको बताए ।
आपत रोकथाम र राहत विभागले जारी गरेको आँकडा अनुसार, गएको ५ दिनमा झण्डै ३ हजार सडक दुर्घटना भएका थिए । यीमध्ये अधिकांश दुर्घटना चियाङ्गमाई शहरमा भएको हो । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशकले घटनामा परि सबैभन्दा धेरै उडोन थानी शहरमा १४ जनाले ज्यान गुमाएका छन् भने चियाङ्गमाई शहरमा सबैभन्दा धेरै एकसय जना घाइते भएका छन् ।
अधिकारीका अनुसार, अधिकांश दुर्घटना सवारी चालककाको लापर्वाहीबाट भएको हो । यीमध्ये नशामा गाडी चलाउँदा ४० दशमलव ६८ प्रतिशत र तीव्र गतिमा सवारी चलाउँदा २७ दशमलव ५४ प्रतिशत दुर्घटना भएको हो । सडक दुर्घटनामा अधिकांश मोटरसाइकल चालकले ज्यान गुमाएका छन् ।
दुई लाख ३५ हजार ८ सय ३८ सवारी चालकले ट्राफिक नियम तोडे । ६४ हजार २ सय ९६ हेलमेट नलगाई सवारी चलाउँदा पक्राउ परे । जबकि ५७ हजार ४ सय ५२ सँग लाइसेन्स थिएन ।
देशैभरि दुई हजार ४० चेक प्वाइन्ट्स बनाइएको थियो । त्यस्तै ६५ हजार तीन सय आठ कर्मचारी तैनाथ भएको थाइल्याण्डका सञ्चार माध्यमहरुले जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button