समाचारविश्व

रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

काठमाडौं, असार ३ । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ ।
काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको अन्तराष्ट्रि सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ ।
घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button