समाचारसमाज

काभे्रको बल्थली र चण्डेनीमा ९२ प्रतिशत आवास निर्माण सम्पन्न

१० असोज, बल्थली÷ कारितास नेपालले काभे्र जिल्लामा करिव ९२ प्रतिशत आवास निर्माण सम्पन्न गरेको छ । २०७२ साल बैशाख १२ गते गोरखा केन्द विन्दु भएर गएको शक्तिशाली भूकम्पपछि कारितास नेपालले काभ्रेको साविक बल्थली गाविस, चण्डेनी मण्डन गाविस, सानो बाङथली गाविस, माझिफेदा गाविस,  र नाग्रे गगर्चे गाविसमा नेपाल सरकार तथा स्थानीय निकायसँगको समन्वयमा विभिन्न परियोजना सञ्चालन गरेको थियो ।

नेपाल भूकम्प पुननिर्माण कार्यक्रम अन्तरगत काभे्रको पनौति नगरपालिका वडा नंवर ११ बल्थली र साविकको चण्डेनी मण्डन गाविसमा ९२ प्रतिशत पुननिर्माण सम्पन्न भएपश्चात समुदायलाई हस्तान्तरण गरिएको कारितासका जिल्ला संयोजक सुवास सापकोटाले जानकारी दिए । बल्थलीमा आयोजित आवास हस्तान्तरण तथा प्रमाणपत्र वितरण कार्यक्रममा संयोजक सापकोटाले चण्डेनी मण्डनमा कुल १ हजार ६८ लाभग्राही मध्ये ९ सय ६३ जनाले आवास निर्माण सम्पन्न गरेको बताए । त्यसैगरी बल्थलीमा ५ सय ६२ लाभग्राही मध्ये ५ सय २९ जनाको निर्माण सम्पन्न भएको सापकोटाकाको भनाई छ ।
 

निर्माण सम्पन्न भएका लाभग्राहीले सरकारले तोकेको ३ लाख रुपैैँया कारितासबाट प्राप्त गरेका छन् । कारितास नेपालले आवास निर्माण अन्तरगत बल्थलीमा १६ करोड ४५ लाख २० हजार खर्च गरको छ । त्यसैगरी चण्डेनी मण्डनमा ३० करोड ८१ लाख १५ हजार खर्च गरेको सापकोटाले स्पष्ट पारेका हुन् । कारितास नेपालले बल्थली र चण्डेनीमा आवास, खानेपानी तथा सरसफाई, जिविकोपार्जन तथा मनोसामाजिक कार्यक्रम सञ्चालन गरेको थियो । यी परियोजनाहरुमा कारितासले ६२ करोड ६३ लाख ६९ हजार ३ सय १० रुपैैँया खर्च गरेको हो ।
कारितास नेपालले बल्थली र चण्डेनी मण्डनमा १÷१ वटा विद्यालय निर्माण गरिरहेको छ । एउटा विद्यालय निर्माण गर्न १ करोड भन्दा बढी खर्च लाग्ने काभे्र जिल्ला संयोजक सापकोटाले बताए ।

गत बिहिवार सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा प्रदेश नंवर ३ का प्रदेशसभा सांसद बसुन्धरा हुमागाईले कारितासले भूकम्पपछिको विपद्मा मल्हम लगाउने काम गरेको बताए । प्रमुख अतिथि हुमागाईले कारितास नेपालले सञ्चालन गरेका विभिन्न परियोजनाको माध्यमबाट स्थानीयले प्रत्यक्ष लाभ लिएको उल्लेख गरे ।
कार्यक्रमको सभाध्यक्ष कारितास नेपालका कार्यकारी निर्देशक ललित टुडुले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी रमेश केसीले गरेका थिए ।
 

nema
Show More

Related Articles

Back to top button