समाचारनेपाली कांग्रेस

पूर्वमन्त्री रिजालमाथि भएको आक्रमण प्रयासको आलोचना

१३ असोज, काठमाडौैँ÷ तनहुँमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालमाथि सत्तारुढ नेकपाका कार्यकर्ताले गरेको आक्रमणको प्रयासको चौतर्फी आलोचना हुन थालेको छ । रिसिङ गाउँपालिकाको भवन उद्घाटनका लागि सोमबार गएका नेता रिजालमाथी भएको आक्रमणप्रति गाउँपालिकाले समेत आपत्ति जनाएको छ । अधिनायकवादी शैलीमा नेकपाका कार्यकर्ताले उहाँमाथि आक्रमण गरेको रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै अध्यक्ष श्रेष्ठले गाउँपालिकाले सर्वसहमत रुपमा पूर्वमन्त्री डा. रिजाललाई उद्घाटनको लागि आमन्त्रण गरेको स्पष्ट पारे । त्यहाँका स्थानीयले उत्श्रृङ्खल गतिविधिमा सामेल कार्यकर्तालाई बहिस्कार गरेको श्रेष्ठको दाबी छ ।

nema
Show More

Related Articles

Back to top button