समाचारविश्व

राहुल गान्धी काठमाडौंमा

१५ भदौ, काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आएका छन् ।

कैलाश मानसरोवर यात्रामा जाने क्रममा कांग्रेस अध्यक्ष शुक्रबार अपराहृन काठमाडौं आएका हुन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा २६ अप्रिलमा गान्धी चढेको जहाज आपतकालीन अवतरण गर्नु परेको थियो । त्यसको केही दिनपछि नै उनले पार्टीले अनुमति दिए कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए ।

पछिल्लो समय सत्तारुढ भारतीय जनता पार्टीले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्दै आएको छ । आफू ‘शिवभक्त’ भएको दावी गदर्ैै आएका गान्धीले भाजपालाई जवाफ दिन पनि कैलाश मानसरोवर जाने लागेको मानिएको छ ।

nema
Show More

Related Articles

Back to top button