समाचार

प्रधानमन्त्री ओलीको आगामी बुधवार मृगौला प्रत्यारोपण गरिने

१८ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मृगौला प्रत्यारोपण गरिने निश्चित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराउनुभएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री आलीले आज बिहान ग्रान्डी अस्पतालमा डायलासिस गराउनुभएको थियो । प्रधानमन्त्री ओलीको १३ वर्षअघि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उहाँको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको हुनुभएका प्रधानमन्त्री ओली नियमित फलोअपमा थाइल्यान्ड जाने गर्नुभएको थियो । पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उहाँको नियमित डायलासिस गर्न थालिएको थियो । शिक्षण अस्पतालमा उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन ।

nema
Show More

Related Articles

Back to top button