समाचार

हिडेर घर गैरहेका नागरिकलाई खान बस्नको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण

६ बैशाख, काठमाडौ
संसदको कानुन,न्याय तथा मानव अधिकार समितिले हिँडेरै घर गइरहेका नागरिकलाई खान बस्नको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज बसेको समितिको ‘भर्चुअल मिटिङ’ले आफ्नो थातथलोमा देशभित्रैबाट फर्किन चाहनेहरूलाई पैदल यात्रा गर्न बाध्य नबनाउन समेत सरकारको ध्यानाकर्षण गराएको हो ।
 
समितिले उनीहरूलाई सुरक्षा सहितको सवारीबाट स्थानीय र प्रदेश सरकारको समन्वयमा गन्तव्यमा र्पुयाउने वा जुन ठाउँमा छन् त्यहीँ ठाउँमा खान बस्नको राम्रो प्रबन्ध गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । बैठकमा देव गुरूङ, बालकृष्ण खाँड, लक्ष्मणलाल कर्ण, राजेन्द्र गौतम,लाल बहादुर थापा, समिना हुसेन लगायतका सांसद सहभागी रहेको बताइएको छ ।
 
व्यक्तिको खान पाउने र उपचार मौलिक हक भएकाले खाना र औषधि अभाव भएका सबै व्यक्तिलाई क्षेत्र वा अन्य कुनै आधारमा भेदभावबिना उपलब्ध गराउन समेत समितिले सरकारलाई आग्रह गरेको छ ।विपत व्यवस्थापनसम्बन्धी कानुनको माथिदेखि तलसम्म कार्यान्वयन गर्न र विदेशमा रहेका नेपाली नागरिकको अवस्थाबारे नियमित अनुगमन गरी उनीहरूको मानव अधिकारको रक्षा गर्ने दिशामा पहलकदमी लिन समेत समितिले सरकारलाई सचेत गराएको छ ।

nema
Show More

Related Articles

Back to top button