विश्व

श्रीलंकामा फेरि अर्को विस्फोट, मृत्यु हुनेको संख्या ३६० पुग्यो

कोलम्बो÷ श्रीलंकामा बिहिवार फेरि अर्को विस्फोट भएको छ । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकाको राजधानी कोलम्बोभन्दा ४० किलोमिटर पूर्वमा रहेको पुगोडा शहरको मजिस्ट्रेट कोर्टनजिकै विस्फोट भएको हो ।
खुला स्थानमा विस्फोट भएकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ । प्रहरीले विस्फोटनबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, आइतबार मुलुकका तीन शहरमा भएका विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुगेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले विस्फोटनमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५९ पुगेको जनाएको थियो ।
उपचारका क्रममा एक घाइतेको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुगेको प्रहरीको भनाइ छ । अझै घाइतेको संख्या करिव ५ सय रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button