विश्व

अपडेटः न्युजिल्याण्ड गोलीकाण्डमा मृत्यु हुनेको संख्या ४९ पुग्यो

न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी घाइते भएका छन् ।

बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले गोलीकाण्डलाई आतंकवादी हमलाको संज्ञा दिएकी छिन् ।

प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ुकालो दिनु भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्।

हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको बताइएको छ ।

सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ। शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्।

उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए।

प्रहरीले यो हमला सुनियोजित भएको बताएको छ ।
त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ।

घटनापछि यो क्षेत्रका स्कुल र अस्पताल बन्द गरिएको छ।

nema
Show More

Related Articles

Back to top button