विश्व

अमेरिकी सुरक्षा सल्लाहकारको टिप्पणी ः इरानले नहाने नेपालले हान्यो त ?

काठमाडौं–मध्यपूर्वमा अमेरिका र इरानबीच वाकयुद्ध चरम उत्कर्समा पुगेको छ । अमेरिकाले मध्यपूर्वमा इरानलाई लक्षित गरी आफ्नो सैन्य संख्या बढाउनुका साथै नाकाबन्दी थप कसिलो बनाएको छ ।
यही बेला युएईको ट्याङ्कर इरानको तट नजिकै डुबेपछि अमेरिकाले इरानले धराप थापेर डुबाएको गम्भिर आरोप लगाएको छ ।
तर, यही मामिलामा कुनै साइनोसमेत नरहेको नेपालको नामसमेत जोडिन आइपुगेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन वाल्टनले गत मे १२ मा युएईका चार पानीजहाजमा भएको आक्रमणमा इरान दोषी रहेको आरोप लगाएका हुन ।
युएईको राजधानी आवुदाबीमा पत्रकारहरुसँग कुराकानी गर्दै वाल्टनले भनेका छन् (‘युएईका पानी जहाजमाथि इरानले आक्रमण गरेको निश्चित छ । अमेरिकालाई आक्रमणमा को जिम्मेवार छ भन्नेकुरामा कुनै दुविधा छैन । तपाईं यो आक्रमण कस्ले गर्‍यो भन्ने सोच्नुहुन्छ ? कोही नेपालबाट आएर गरे होला त ? इरान र अमेरिकाबीच चुलिँदै गएको विवादमा वाल्टनले विनाकारण नेपालको नाम किन जोडे यो भने खुल्न सकेको छैन । कतिपय विश्लेषकहरुले कमजोर देशलाई गिज्याउनको लागि यस्तो भनेको टिप्पणी गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button