विश्व

दुई भारतीय लडाकु विमान खसालेको पाकिस्तानको दाबी

इस्लामावाद, फागुन १५ । पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् ।

बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले बताएका छन । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो ।

भारतीय सञ्चारमाध्यमले उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको दावी गरिरहँदा पाकिस्तानी सञ्चारमाध्यमले भने उक्त विमान पाकिस्तानी वायुसेनाको कारवाहीमा खसालिएको दावी गरेका हुन ।

आजतक लगायत सञ्चारमाध्यमले पाकिस्तानी लडाकु विमान भारतीय क्षेत्रमा आएको जनाएका छन् । ती सञ्चारमाध्यमअनुसार पाकिस्तानी विमानले भारतीय क्षेत्रमा विस्फोटक खसालेको दावी पनि गरेका छन् ।

उता, पाकिस्तानी च्यानल एआरवाईका अनुसार पाकिस्तानी वायुसेनाले दुईवटा भारतीय विमानलाई लक्षित गरी आक्रमण गरेको छ । भारतीय क्षेत्रमा दुर्घटना भएको भनिएको भारतीय वायुसेनाको विमान पाकिस्तानी आक्रमणमा खसालिएको दाबी गरेको छ ।

nema
Show More

Related Articles

Back to top button