विश्व

भारतको अरुणाञ्चलमा चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको मृत्यु

८ जेष्ठ, काठमाडौैँ÷ भारतको अरुणाञ्चल प्रदेशमा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको मृत्यु भएको छ । तिराप जिल्लामा भएको आक्रमणमा नेशनल पिपुल्स पार्टी एनपिपी का विधायक तिरोंग अबो सहित ११ जनाको ज्यान गएको हो । तिरोंग अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन । घटनामा विधायक अबोका छोराको पनि मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । विधायक अबो परिवार सहित असमबाट अरुणाञ्चल जाँदै गरेको अवस्थामा खोनसा–देओमाली सडकमा बन्दुकधारीले आक्रमण गरेको भारतीय अधिकारीहरुले जनाएका छन । ज्यान गुमाउनेमा दुईजना सुरक्षाकर्मी पनि रहेको बताइएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

nema
Show More

Related Articles

Back to top button