विश्व

मलेसियाका प्रधानमन्त्री महाथिरद्धारा पदबाट राजीनामा

१२ फागुन
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच आज महाथिरले राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । मलेसियाको प्रधानमन्त्री कार्यालयले महाथिरले राजीनामा दिएको पृष्टि गरेको छ । महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएको बताउनुभएको छ ।
सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बन्नुभएका उहाँ पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बन्नुभएको थियो । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गर्नुभएका उहाँले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । तर, पछिल्लो समय पार्टी भित्रैबाट विभिन्न चरणका विवादको सामाना गर्नुपरेपछि राजीनामा दिन बाध्य भएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button