विश्व

पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

२६ असार÷ पाकिस्तानको पञ्जाव प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा धेरै घाइते भएका छन्।
वलहर रेलवे स्टेशन बहवलपुरबाट क्वेट्टका लागि छुटेको यात्रुवाहक अकबर एक्सप्रेसको रेलसँग विपरित दिशाबाट आएको एक मालवाहक रेल ठोक्किँदा दुर्घटना भएको हो ।
अकबर एक्सप्रेसको रेल गलत ट्रयाकमा प्रवेश गरेपछि दुर्घटना भएको हो। दुर्घटना लगत्तै घाइतेहरुलाई उद्धार गरि उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button