विश्व

जिम्बावेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच झडप हुँदा ३ को मृत्यु

१७ साउन, काठमाडौैँ÷जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ता बीच भएको झडपमा तीनजनाको मृत्यु भएको छ । गतसोमबार भएको निर्वाचनमाधाँधली गरेको भन्दै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमाप्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।विपक्षी गठबन्धनलेसत्तारुढ दल जानू–पीएफ पार्टीलेनिर्वाचनमाधाँधली गरेको आरोप लगाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । राष्ट्रपति इमरन मनंगाग्वाले हिंसा फैलिनुमाविपक्षीदललाई जिम्मेवार ठह¥याउदै चुनावीप्रक्रियामाखलल पुर्‍याउने उद्देश्यले विपक्षीले हिंसा भड्काएको आरोप लगाउनु भएको छ । निर्वाचनमा सत्तारुढ दल जानु–पीएफले जितेको दाबी गरेपनिविपक्षी गठबन्धन एमडीसीले आफ्नाउम्मेदवार नेल्सनचामिसा राष्ट्रपतिमा निर्वाचितभएको बताउदै आएको छ ।यद्यपी निर्वाचन आयोगले निर्वाचनको परिणाम घोषणा गरेको छैन ।उता युरोपेली संघका पर्यवेक्षकले राष्ट्रपतिय निर्वाचनको नतिजा सार्वजनिक गर्न ढिलाइ गरिएकोमा चिन्ताव्यक्त गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button