समाचारविश्व

पाकिस्तानमा सञ्चारमाध्यममा लगाइएका सबै प्रतिबन्धहरु हट्यो

८ साउन, ÷ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सञ्चारमाध्यममा यसअघि लगाइएका सबै प्रतिबन्धहरु हटाइदिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री खानले पाकिस्तान टेलिभिजन र रेडियो पाकिस्तान दुवैलाई अब सामग्रीमा पूर्ण सम्पादकीय स्वतन्त्रता प्राप्त हुने बताउनुभयो । पाकिस्तानका सूचना मन्त्री चौधरी फवाद हुसेनले देशका सबै क्षेत्रको विकास नै प्रधानमन्त्री खानको पहिलो प्राथमिकता भएकाले सूचना विभागमा पनि आगामी तीन महिनामै केही भारी बदलाव देखा पर्ने भन्दै उनले ट्वीट गर्नुुभएको हो । विश्व समुदायमा पाकिस्तानको सकारात्मक छविबारे प्रचार गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । गत जुलाई २५ को चुनावमा जित हासिल गरि एक हप्ता अगाडि मात्र प्रधानमन्त्रीका रुपमा नियुक्त भएका खानले यसअघि नै सबै क्षेत्रहरुमा सुधार र परिवर्तनका काम अघि बढाउने वचन दिनुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button