विश्व

भारतले आक्रमण गरे सोच–विचारबिनै जवाफ दिन्छौं ः पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं, फागुन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने बताएका छन् ।

भारत प्रशासित जम्मु–कश्मिरको पुलवामा गत बिहीबार ४० सुरक्षाकर्मीको मृत्यु हुनेगरी भएको आत्मघाती आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतले आरोप लगाइरहँदा पाकिस्तानी प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको हो ।

मंगलबार एक सम्बोधनमार्फत् उनले भारतले बिनाप्रमाण पाकिस्तानमाथि आरोप लगाएको दाबी गरे ।

पाकिस्तानी भूमिको प्रयोग गरेर कुनैपनि आक्रमण गरिए त्यो आफूहरुको पनि शत्रु भएकाले पाकिस्तानमै आएर जाँच गर्नसमेत उनले भारतलाई आग्रह गरे ।

प्रधानमन्त्री खानले छलफलबाट सबै विषयको समाधान निकाल्न सकिने भएकाले कश्मिरको विषयमा छलफल गर्न भारतलाई आमन्त्रणसमेत गरे । युद्ध सुरु गर्नु सहज भएपनि त्यसको अन्त्य गर्न भारत र पाकिस्तानको बसमा नरहेको खानले जिकिर गरे ।

nema
Show More

Related Articles

Back to top button