समाचारविश्व

पाकिस्तानमा कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु

२१ जेठ, काठमाडौैँ
कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएका मन्त्री मुर्तुजाको स्थिति जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो ।
मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए । पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।

nema
Show More

Related Articles

Back to top button