अन्तर्वार्ताविश्व

ऐतिहासिक भेटवार्तापछि उत्तर कोरियाली राष्ट्रपति किमले के भने अमेरिकी राष्ट्रपति ट्रम्पलाई

काठमाडौं, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भेटवार्ता भएको छ ।
ऐतिहासिक भेटवार्तापछि किमले ट्रम्पसँग भेटदा खुुसी लागेको बताएका छन् । उनले प्रतिक्रियाका क्रममा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’ भनेका बीबीसीले जनाएको छ ।
सिंगापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटलमा ट्रम्प र किमबीच आज बिहान करिव ५० मिनेटसम्म भेटवार्ता चलेको थियो ।
ट्रम्प र किमबीचको भेटपछि दुबै नेताले आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेको समाचारमा जनाइएको छ ।
यसअघि भेटमा क्रममा ट्रम्प र किमले आपसमा हात मिलाएका थिए । दुर्ई देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो ।
ट्रम्प र किमको भेट र दुई देशबीचको उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ।
भेटअघि मिडियासँग ट्रम्पले भनेका थिए ‘ शिखर सम्मेलन निकै सफल हुने आशा गरेको छु ।
यस्तै किमले भनेका थिए, ‘विभिन्न अन्योलताका बीच हामी बैठकका लागि सिंगापुर आइपुगेका छौं । हामी ती सबै चुनौतिका बीच पनि यहाँ छौं ।’
आणविक कार्यक्रमले आलोचित उत्तर कोरियाका सर्वोच्च नेता किम र ट्रम्पबीच आणविक कार्यक्रमको अन्त्यका विषयमा केन्द्रीत रहेर वार्ता भएको बताइन्छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button