विश्व

अब युद्ध हुँदैन ः दुई कोरियाली नेता

वैशाख १४ –अन्तर कोरियाली सम्मेलनका क्रममा उत्तर तथा दक्षिण कोरियाका शिर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् । संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गरेका हुन ।
आफ्नो वक्तव्यका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश वास्तवमा एउटै देश, एउटै रगत र एउटै संस्कृति भएकोे र शान्तिको नयाँ युगप्रति आशावद्ध भएको उल्लेख गरेका छन् ।
किम र इन दुवैले पानमुनजोम घोषणा जारी गर्दै आपसी समझदारी, समृद्धि तथा शान्तिको नयाँ युगको शुभारम्भ जिकिर गरेका छन । दुवै देशका नेताले सेप्टेम्बर १५ मा छुटिएका परिवारहरुलाई भेट्न दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । केसोङ क्षेत्रमा सम्पर्क अधिकारी राख्ने तथा आउँदो मेमा सैन्य वार्ता हुने पनि जनाइएका छन् । शान्ति सम्झौताका लागि दुवै देशबीचको हतियार सम्झौता परिवर्तन गर्ने सहमति पनि भएको छ ।
सन् १९५३ देखि रहेको दुई देशबीचको तीतो सम्बन्ध ६५ वर्षपछि दुवै देशका राष्ट्राध्यक्षबीच दक्षिण कोरियाली भूमिमा औपचारिक भेटघाटका बीच अन्त्य भएको छ ।

nema
Show More

Related Articles

Back to top button