विश्व

अमेरिकासँग वार्ता गर्न इरानद्धारा अस्वीकार

ईरानका राष्ट्रपति हसन रूहानीले अमेरिकाका साथ वार्ता गर्नका लागि अस्वीकार गरेका छन् । उनले हालको अवस्थामा अमेरिकासँग वार्ता गर्न असम्भव रहेको भन्दै वार्ता अस्वीकार गरेका हुन ।
रूहानीले विवादित मुद्दाको समाधान कूटनीतिक प्रक्रियाबाट समाधान गर्नका लागि अनुरोध गरेका छन् । तर उनले हालको समयमा अमेरिकाका साथ कुनै पनि प्रकारका वार्ता नहुने प्रष्ट पारेका छन् ।
उनले अमेरिकाद्धारा लगाइएको आर्थिक प्रतिबन्धको सामना गर्नका लागि ईरानी नागरिकहरूलाई एकजुट हुनका लागि आग्रह समेत गरेका छन् ।
अमेरिका र ईरानका बीच हाल एकदमै तनावको अवस्था रहेको छ । खाडी क्षेत्रमा भइरहेको आक्रमणका लागि पनि अमेरिकाले ईरानलाई नै जिम्मेवार रहेको बताइरहेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ईरान र अमेरिकाका साथ भेटवार्ता सम्भव भएको संकेत दिएका छन् ।

nema
Show More

Related Articles

Back to top button