विश्व

इरानलाई अमेरिकाले दियो यस्तो चेतावनी

६ जेष्ठ, काठमाडौैँ÷ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई धम्की नदिन इरानलाई चेतावनी दिएका छन् । अमेरिकालाई धम्की दिरहे इरानका अस्तित्वकै समाप्त पारिदिने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका हुन ।
ट्रम्पको यो चेतावनी संगै अमेरिका र इरानबीच युद्धको अवस्था आउन सक्ने विश्लेषण गरिएको छ । परमाणु सम्झौतालाई लिएर अमेरिका र इरानबीच केही दिनयता तनाव बढ्दै गएको छ । इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउने उदेश्य अनुसार सन २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो ।
अमेरिकाले गत वर्ष यो सम्झौता तोडेको थियो भने हालै मात्र इरानले पनि सम्झौताबाट आंशिक रुपमा अलग भएको घोषणा गरेको थियो । यसैबीच अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।

nema
Show More

Related Articles

Back to top button