विश्व

श्रीलंकामा आइतबार भएको श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या २९० पुग्यो

कोलम्बो, वैशाख ९ । श्रीलंकामा आईतबार भएको शृंखलावद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ ।
श्रीलंका प्रहरीले दिएको जानकारी अनुसार पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् । मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका सबै श्रीलंकाली नागरिक हुन् । घटनामा विदेशी समूहको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । गिरफ्तार गरिएकाहरुसँग सोधपुछ भइरहेको जनाइएको छ । विस्फोट कसले गराएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।
यसैबीच कोलम्बो विमानस्थल नजिकै ‘पाइप बम’ फेला परेको छ । ६ फिट लामो बम श्रीलंकाली वायुसेनाले निस्क्रिय तुल्याएको छ । आइतबार राति उक्त बम फेला परेको जनाइएको छ ।
विमानस्थलको टर्मिनलतर्फ जाने बाटोमा उक्त बम फेला परेको हो । उक्त बम स्थानीयस्तरमै निर्माण भएको सुरक्षाकर्मीहरुको भनाइ छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button