विश्व

युरोपियन युनियन टुक्र्याउन खोजेको छैनः रुसी राष्ट्रपति पुटिन

२२ जेष्ठ÷
रुसी राष्ट्रपति भ्लालिमिर पुटिनले रुसले युरोपियन युनियन टुक्र्याउन कोशिस नगरेको बताउनुभएको छ ।
अष्ट्रिया भ्रमणका क्रममाउहाँले युरोपियन युनियनसँग सहयोग अभिवृद्धि गर्नुपर्ने भन्दै ईयूको कुनै पनि र कसैलाई पनि विभाजित गर्ने लक्ष्य नरहेको बताउनुभयो ।
पुटिनले संयुक्त र समृद्ध युरोपियन युनियन चाहेको स्पष्ट पार्नुभयो । उहाँले ईयूका लागि रुस सबैभन्दा महत्वपूर्ण व्यापारिक र आर्थिक साझेदार भएको उल्लेख गर्नुभयो ।
रुसले सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि ईयूले रुस विरुद्ध प्रतिबन्ध लगाएको छ ।
युक्रेन, सिरिया युद्ध, पूर्व रुसी जासुसलाई वेलायतमा विष आक्रमण गरेको लगायतका मुद्धाका कारण रुस र ईयूको सम्बन्ध चिसिएका बेला रुसी राष्ट्रपति अष्ट्रिया भ्रमणमा निस्किनुभएको हो ।

nema
Show More

Related Articles

Back to top button