विश्व

कोरोना भाइरसबाट अमेरिकामा समेत एक जनाको मृत्यु

१८ फागुन
विश्वभरि नै प्रकोपको रुप लिएको कोरोना भाइरस संक्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा रहेका एक जनाको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनमा आपत्कालीन अवस्थाको घोषणा गरेको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताउनु भएको छ । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि निगरानी बढाइएको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । पश्चिमी अस्ट्रेलियाका ७८ वर्षीय बृद्धको आज मृत्यु भएको हो । उनको नाम भने गोप्य राखिएको छ । कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनकी श्रीमतीले पनि अस्पतालमा कोरोना भाइरसको उपचार गराइरहेकी छन् । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७९ पुगेको विश्व स्वास्थ्य संगठन डब्लु एचओले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।

nema
Show More

Related Articles

Back to top button