समाचारविश्व

इरानलाई चेतावनीसहित अमेरिकाले मध्यपूर्वमा युद्धपोत तैनाथ

काठमाडौं । अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज परिचालन गरेको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि युद्धपोत तैनाथ गरिएको बताएका छन् ।
बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत समेत दिएका हुन ।
इरानमा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि हमलाको आशंकाका कारण अमेरिकाले यो कदम चालेको हुनसक्ने बताइएको छ ।
अमेरिकी सुरक्षा सल्लाहका बोल्टनले भने अमेरिकाले युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको बताए ।
उनले अमेरिकाले इरानसँग युद्ध नचाहेको तर कुनै पनि आक्रमण भए त्यसको तयारीका लागि युद्धपोत परिचालन गरिएको स्पष्ट पारे ।

nema
Show More

Related Articles

Back to top button