समाचार

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित ।

१३ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रम आइतवार सर्वसम्मतले पारित भएको छ ।
नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।
नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता नलिए पनि विपक्षमा भने मत दिएनन् ।
नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन नमानेका हुन । फोरम नेपालका सांसदले भने संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए ।

nema
Show More

Related Articles

Back to top button