समाचारनेपाली कांग्रेस

बीपीको लोकप्रिय कृति ‘आत्मावृतान्त’ जापानीज भाषामा प्रकाशित हुने

 
काठमाडाै ,फागुन ९
बीपी विचार राष्ट्रिय समाज, जापानले राजनेता बीपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृतान्त’ लाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको छ । बीपी विचार राष्ट्रिय समाज, नेपाल, ‘आत्मवृतान्त प्रकाशन समन्वय समिति’ का संयोजक श्री लोकेश ढकाल द्वारा आज प्रकाशित प्रेस विज्ञप्तिका अनुसार कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बीपी विचार राष्ट्रिय समाज, नेपालको अनुरोधमा बीपीको कृति ‘आत्मावृतान्त’ लाई जापानीज भाषामा अनुवाद गरेर जापानमा प्रकाशित गर्न र विक्रि एवम् वितरण गर्न नियमानुसार स्वीकृति प्रदान गरेको छ । बीपी कोइरालाको कृतिहरूलाई भाषानुवाद गरी अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले समाजको जापान शाखाले, उक्त शाखाका संयोजक डा. श्री सुदिप अधिकारीको संयोजकत्वमा डा. श्री विश्वराज कंडेल, सुश्री सल्जिता श्रेष्ठ सदस्य रहेको ‘बीपीका कृति अन्तराष्ट्रियकरण तथा व्यवस्थापन समिति’ गठन गरीएको थियो। यो समितिमा समाजको एशिया प्यासिफिक समितिका संयोजक श्री सुभाष लोहनी सल्लाहकार रहनु भएको छ ।
 
समाजको जापान शाखाले प्रथम चरणमा बीपीको लोकप्रिय कृति ‘आत्मवृतान्त’ लाई जापानीज भाषामा अनुवाद गर्नका लागि डा. श्री सुदीप अधिकारी, चुवु विश्वविद्यालय, आइची जापानको संयोजकत्वमा, डा. श्री विश्वराज कंडेल, नागोया गाईकोकु-गो विश्वविद्यालय, आइची जापान र ढुङ्गेमूर्ति तथा नेपाली सम्पदा अनुसन्धानकर्ता जापानी नागरिक श्री ताकाओ ऊ रहनु भएको तीन सदस्यीय “बीपीको आत्मवृतान्त अनुवाद तथा व्यवस्थापन उपसमिति” गठन भएर काम अगाडी वढिरहेको छ ।
 
बीपी विचार राष्ट्रिय समाज, नेपालको कार्यसमिति वैठकले कृति प्रकाशन र कपि राइट स्वीकृति लगायतको काममा नेपालको तर्फबाट आवश्यक सहयोग एवम् समन्वय गर्न समाजको संस्थापक केन्द्रीय सदस्य श्री लोकेश ढकाललाई संयोजक तोकेर आवश्यक प्रक्रिया अगाडी बढाएको थियो । बीपी विचार राष्ट्रिय समाज नेपालको अनुरोधमा बीपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृतान्त’ लाई जापानीज भाषामा अनुवाद गरेर प्रकाशित गर्न स्वीकृतिका लागि जगदम्बा प्रकाशन, ललितपुरलाई अनुरोधको, सोको स्वीकृति प्रदान दिने जगदम्बा प्रकाशन प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौ, प्रेस विज्ञप्तिमा भनिएको छ ।
 

nema
Show More

Related Articles

Back to top button