विश्व

दिल्लीमा सामुदायीक स्वास्थ्यमा आपतकालको घोषणा

भारतको राजधानी दिल्लीमा प्रदूषणको स्तर बढेपछि सरकारले सामुदायीक स्वास्थ्यमा आपतकालको घोषणा गरेको छ । केजरीवाल सरकारले दिल्लीका सबै विद्यालय नोभेम्बर पाँच सम्मका लागि बन्द गर्ने घोषणा गरेको हो । पर्यावरण प्रदूषण प्राधिकरणले पाँच नोभेम्बरसम्म सबै किसिमका निमार्णको कार्यमा समेत रोक लगाएको छ । यसअघि दिल्लीका विद्यालयहरुमा प्रदूषणबाट बच्न मास्क वितरण गरिएको थियो । दीपावलीपछि दिल्लीको हावा निकै खराब भएको थियो । मानिसहरुलाई स्वास फेर्न समेत अप्ठ्यारो भइरहेको थियो । अस्पतालमा बिरामीहरुको संख्या लगातार बढिरहेको छ । दिल्लीको हावामा प्रदूषणका खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मानक भन्दा २० गुणा अधिक पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button