विश्व

उत्तर कोरियाको चेतावनीपछि ट्रम्प र मुनबीच कुराकानी

सोल÷ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको पछिल्लो भनाईबारे फोनवार्ता भएको छ ।
अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।
अमेरिकाले यसअघिको सहमति विपरित संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उत्पन्न गराएको भन्दै उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ता नगर्ने चेतावनी दिएको थियो ।
अमेरिकासँगको विवादकै कारण उत्तर कोरियाले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँगको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो ।
टेलिफोनमा भएको ट्रम्प र मुनको कुराकानीका क्रममा दुई देशले अझ नजिक भएर सहकार्य गर्ने समझदारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
ट्रम्पलाई भेट्न मुन आउदो मङ्गलबार वासिङ्टन जान लाग्नुभएको छ । उत्तर कोरिया र अमेरिकाको शिखर बार्तालाई सफल बनाउने वातावरण बनाउन भन्दै मुन वासिङ्टन जान लागेका हुन् ।
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति ट्रम्प बीच आउदो जुन १२ तारिखमा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएको छ । एजेन्सी

nema
Show More

Related Articles

Back to top button