विश्व

भारतमा प्रारम्भिक मतगणनामा फेरी भाजपाले सरकार बनाउने पक्का

भारतमा सम्पन्न लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा फेरी मोदी सरकारु बन्ने लगभग पक्का भएको छ । सात चरणमा गरी मे १९ मा सकिएको निर्वाचनको मतगणना आज बिहानबाट शुरु भएको हो ।
प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी नेतृत्वमा रहेको नेश्नल डेमोक्रेटिक एलायन्स (एनडीए) ले बहुमतको आँकडा पार गरेको छ। कांग्रेसको नेतृत्वमा रहेको युनाइटेड पोग्रेसिभ एलायन्स (युपिए) ले भने अपेक्षा गरिएको अनुसार प्रदर्शन गर्न सकेको छैन ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार ५४३ लोकसभा सिटमध्ये भाजपा एक्लैले ३२९ सिटमा अगाडि रहेको छ। एनडीएले ३१७ सिटमा अग्रता कायम गरेको छ। युपीए १०६ सिटमा अघि रहेको छ।
प्रारम्भिक मत परिणामका अनुसार भारतमा पुनः प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बन्ने देखिएको छ।
एक्जिट पोलहरुले समेत भारतमा पुन ः मोदी सरकार बन्ने प्रक्षेपण गरेको थियो।
उत्तर प्रदेशको चुनावी नतिजाले यसपटकको समिकरणमा फरक पर्ने विश्वास गरिएको थियो। समाजवादी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाएका कारण यसपटक उत्तर प्रदेशको निर्वाचनको परिणाममा ठूलो हेरफेर हुन सक्ने अनुमान गरिएको थियो।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button