विश्व

नेपालमा रहेको भारतीय फिल्ड अफिस बन्द

१६ साउन, काठमाडौैँ÷विराटनगरमा रहेको भारतीय फिल्ड अफिस आज(बुधवार) बाट बन्द भएको छ । केही साता अघि प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको फिल्ड अफिस हटाउने निर्णय गरेको भारतले बुधवारबाट बन्द गरेको हो । भारतीय दूतावासले फिल्ड अफिसका रुपमा १० वर्ष अघि सो कार्यालय स्थापना गरेको थियो । सोहीअनुसार फिल्ड अफिस विराटनगरबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले दूतावासको फिल्ड अफिसको सेवा बन्द गरिएको सुन्नमा आए पनि आधिकारिक रुपमा भने कुनै जानकारी नआएको बताए ।
उनले नेपाल र भारत सरकारबीचको उच्च नेतृत्व तहको कुरा भएकाले यस बिषयमा जानकारी नगराइएको हुन सक्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको थियो । २०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो ।
विराटनगरस्थित फिल्ड अफिसबाट हुँदै आएको काम अब देखि काठमाडौंस्थित भारतीय दूतावासबाटै हुने भएको छ ।

nema
Show More

Related Articles

Back to top button