विश्व

बिआरआई सहभागी हुन विश्वलाई चिनियाँ राष्ट्रपतिको आग्रह

बैशाख १४, २०७६÷ चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व समुदायलाई बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० मा सहभागी हुन आग्रह गरेका छन।
राष्ट्रपति सीले चीनको महत्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरु नेताहरूलाई पनि आग्रह गरेका हुन।
बेइजिङमा जारी बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बिआरआई० सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सो धारणा राखेका हुन । उनले चीनको उक्त आयोजनामा थप देशहरूलाई आबद्ध हुन आग्रह पनि गरेको बताइएको छ।
उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरू उपस्थित भएका छन।
तीन दिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।
सो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभागिता रहेको थियो।
सो सम्मेलनमा राष्ट्रपति जिनपिङले चीन उक्त आयोजनामा बढी भन्दा बढी देशको सहभागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राखेका थिए।

nema
Show More

Related Articles

Back to top button