विश्व

क्यालिफोर्नियामा डुंगामा आगो लाग्दा कम्तिमा २५ जनाको ज्यान गयो

अमेरिकाको क्यालिफोर्नियाको समुद्री तटमा एक डुंगामा आगो लाग्दा कम्तिमा २५ जनाको ज्यान गएको छ । घटनामा ९ जना वेपत्ता भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। चालक दलका ५ सदस्यहरुले भने ज्यान जोगाउन सफल रहेको बीबीसीले जनाएको छ ।
आगलागी भएको सो ुडाइभिङ बोटु व्यवासियक प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा डुंगाले कुनै प्रकारको नियम उल्लंघन नगरेको देखिएको छ। सेरिफ बिल ब्राउनका अनुसार डुंगामा ३९ जना सवार थिए। ब्यपत्ता रहेका यात्रुहरुको खोजी भइरहेको ब्राउनले बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button