विश्व

जम्मू–कश्मीरबाट खोसियो स्वायत्त राज्यको अधिकार

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरलाई स्वायत्त राज्यको दर्जा प्रदान गरेको अनुच्छेद ३७० खारेज गरिदिएको छ ।
गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरलाई विशेष दर्जा दिएको अनुच्छेद ३७० अन्त्य भएको घोषणा गरेका हुन् । उनले सोमबार राज्यसभामा यस्तो घोषणा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसअघि जम्मू–कश्मीरको राजधानी श्रीनगरमा धारा १४४ लागु गर्दै जम्मूमा कर्फ्यूको घोषणा गरिएको थियो । जम्मू–कश्मीरका शीर्षनेताहरुलाई नजरबन्दमा राखेर भाजपा सरकारले यस्तो कदम उठाएको हो ।
अनुच्छेद ३७० अनुसार जम्मू–कश्मीर सम्बन्धी अधिकांश नीति निर्माणका लागि केन्द्र सरकारले राज्य सरकारसँग सोध्नु पर्ने थियो । तर अब जम्मू–कश्मीर स्वायत्त राज्य रहेन । यो केन्द्र शासित दुई राज्य बनेको छ ।
अब दुई लेफ्टिनेन्ट गवभर्नरले शासन गर्ने भएका छन् । लद्दाख केन्द्र शासित प्रदेश बन्ने पक्का भएको छ ।
गृहमन्त्रीले राज्यसभामा अनुच्छेद ३७० अन्त्यको घोषण गर्नु पूर्व प्रधानमन्त्री मोदी निवासमा मन्त्रीपरिषदको बैठक बसेको थियो । नयाँ विधेयक अनुसार जम्मू–कश्मीरको पुनर्गठन हुनेछ । जम्मू–कश्मीरलाई दुई भागमा बाँडेर केन्द्रशासित प्रदेश बनाइने भएको हो ।
सन् १९४७ मा स्वायतत्ताको आधारमा भारतमा मिसिएको जम्मू–कश्मीरको सो अधिकार खोसिएको हो ।
भाजपाको प्रस्तावमा बहुजन समाज पार्टीले समर्थन गरेको छ । सरकारी घोषणाको भाजपाका नेताहरुले स्वागत गरेका छन् ।
तर जम्मू–कश्मीरका नेताहरुले भने यसको विरोध गरेका छन् । जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीले मोदी सरकारको घोषणा भारतीय लोकतन्त्रको सबैभन्दा कालो दिन रहेको बताएकी छन् । अनुच्छेद ३७० हटाउने फैसला गैर–कानूनी र असंवैधानिक रहेको बताएकी छन् ।
कांग्रेसले पनि सरकारको घोषणाको विरोध गरेको छ । कांग्रेस नेता गुलाम नबी आजादले भाजपा सरकारले अनुच्छेद ३७० अन्त्य गरेर संविधानको हत्या गरेको आरोप लगाएका छन् ।

nema
Show More

Related Articles

Back to top button