विश्व

बंगलादेशमा बाढी र पहिरोमा परि १४ जनाको मृत्य्

३० जेष्ठ, काठमाडौैँ÷ बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरो परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मंगलवार बिहान दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्लामा भिषण बर्षापछि गएको पहिरोमा २० जना हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा मात्रै ११ व्यक्तिको मृत्यु भएको बताइएको छ । त्यसैगरी कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको छ । गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए ।

nema
Show More

Related Articles

Back to top button