विश्व

हङकङमा हालसम्मकै विशाल प्रदर्शन

हङकङ, जेठ २९ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधले उग्र रुप लिएको छ ।
बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । हङकङमा उत्रिएको यो विरोध प्रदर्शनलाई हालसम्मकै विशाल मानिएको छ ।
यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन् ।
बुधबार संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरु संसद भवन अगाडि धर्नामा बसेका छन् । करिव २ लाख ५० हजार भन्दा बढीले प्रदर्शनमा भाग लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ । तर विरोधीहरु उक्त कानुन दुरुपयोग हुने सक्ने बताउँछन् । उनीहरुले चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागेको भन्दै विरोध गरेका छन् ।
सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ ।
यद्यपी उनीहरुलाई सुपुर्दगी गर्नेरनगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख गरिएको छ ।
हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले गर्ने बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button